शिक्षामा सहयोग जारी राख्ने अमेरिकी प्रतिबद्धता «

शिक्षामा सहयोग जारी राख्ने अमेरिकी प्रतिबद्धता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच भेट भएको छ । मन्त्री पोखरेललाई भेट्न मन्त्रालय पुगेका राजदूत बेरीले नेपालको शिक्षा क्षेत्रको विकासको निम्ति अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
शिक्षाको जग बसाल्न प्राथामिक शिक्षामा विषेश सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । आफूसँग शिक्षा क्षेत्रको धेरै अनुभव भएको र आफू शिक्षा क्षेत्रकै व्यक्ति भएको परिचय दिँदै राजदूत बेरीले दुई पटक शिक्षामन्त्री भएका मन्त्री पोखरेलसँग अनुभव साट्न र समग्र शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्न भेट्न चाहेको बताए । उनले नेपालका विद्यालयहरुमा अंग्रेजी भाषा प्रशिक्षणका लागि खटिएका स्वयंसेवकहरुलाई भिषाको प्रक्रिया सहज बनाइदिन पनि अनुरोध गरे । साथै राजदूत बेरीले सन् १९६२ मा स्थापना भएको लिङ्कन स्कुलमा अंग्रेजी भाषा पढ्न चाहने विद्यार्थीहरुलाई सहज वातावरण मिलाइदिन पनि नेपाल सरकार समक्ष अनुरोध गरे ।
भेटमा मन्त्री पोखरेलले शिक्षामा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएकोमा अमेरिकी सरकारलाई विषेश धन्यवाद ज्ञापन व्यक्त गर्दै सहयोगको निरन्तरताको अपेक्षा पनि गरिएको बताए । विद्यालय क्षेत्र सुधार कार्यक्रम, राष्ट्रिय प्राराम्भिक कक्षा पढाइ कार्यक्रमले १० लाख बालबालिका लाभान्वित भएको स्मरण गर्दै मन्त्री पाखरेलले यस्ता कार्यक्रमको सकारात्मक नतिजालाई हेरेर नेपाल सरकारले क्रमैसँग सबै जिल्लामा विस्तार गर्ने नीति शुरु गरिसकेको जानकारी दिए ।
मन्त्री पोखरेलले भने, “नेपालका विद्यार्थीहरुले फुलब्राइट छात्रवृत्तिमार्फत् अमेरिकामा उच्च शिक्षाका अवसर प्राप्त गरेको विषय, नेपालका विद्यालयहरुमा अंग्रेजी भाषाको प्रबर्धनका लागि पिसक्रप्स भोलेन्टियरमार्फत् पु¥याइएको योगदानका साथै भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा प्राप्त अमेरिकी सहयोगको उच्च मूल्यांकन गर्न चाहन्छु ।”
युवा जनशक्तिलाई श्रमप्रति उन्मुख गर्दै श्रमलाई सीपसँग, सीपलाई आय आर्जनसँग र आयआर्जनलाई समृद्धिसँग जोड्ने अभियानमा नेपाल सरकार रहेको बताउँदै मन्त्री पोखरेलले प्राविधिक शिक्षामा जोड दिने कार्यक्रममा सहकार्यको अपेक्षा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्