Logo

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा खालिङ

एभरेष्ट बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृतमा शुदेस खालिङलाई नियुक्त गरेको छ । ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवको साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक सेवा प्रदान गरेका खालिङले असोज ८ गतेदेखि औपचारिक रूपमा एभरेष्ट बैंकमा आफ्नो कार्यकाल सुरु गरेका छन् ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेको बैंकको दाबी छ । बैंकले आफ्ना देशभरका १०५ शाखाबाट सेवा दिइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्