चालू आवको आर्थिक वृद्धिदर ४.१% : एडीबी

एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सरकारले सात प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेकोमा एडीबीले भने त्योभन्दा झण्डै आधा हुने प्रक्षेपण बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
यसअघि नेपालको आर्थिक वृद्धिखर ५.१ प्रतिशत प्रक्षेपण गरिएकोमा कोभिड संक्रमणको उच्च दर, पर्यटन र सेवा क्षेत्रको सीमित वृद्धिलगायतका कारण घट्ने अनुमान एडीबीले गरेको हो । आर्थिक वृद्धिमा कोरोनाविरुद्धको भ्याक्सिनका साथै कृषि उत्पादन, उद्योग व्यवसायको वृद्धिलगायतले पनि ठूलो सहयोग गर्ने एडीबीले जनाएको छ । एडीबीका कन्ट्री डाइरेक्टर अर्नौढ काचोइसले निर्यातमा भएको वृद्धिका साथै घरेलु उत्पादनसहित कृषि क्षेत्रको योगदानले पनि आर्थिक वृद्धिदर वृद्धिमा सहयोग पुग्ने बताए ।