सेयर बजारमा दोहोरो अंकको सुधार «

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा मंगलबार भने दोहोरो अंकले सुधार भएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ अंकमा पुगेको छ ।
मंगलबार बैंकिङका साथै, निर्जीवन तथा पुनर्जीवन बिमा, विकास बैंक, लघुवित्तलगायतका समूहगत परिसूचक वृद्धि भएका छन् । व्यापार, फाइनान्स र उत्पादनमूलक समूह भने घटेका छन् । बजार वृद्धि भएपनि मंगलबार कारोबार रकम भने घटेको छ । यसदिन २२३ कम्पनीका एक करोड ५३ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्व करोड रुपैयाँ बराबरको कारोबार भएको छ । लगानीकर्ताले धितोपत्र बोर्डले लगानीकर्ताको हित नहेरेको भन्दै मंगलबार बोर्डको कार्यालय पनि घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्