इन्धनमा मूल्यवृद्धि «

इन्धनमा मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजेल र मटीतेलको नयाँ मूल्य प्रतिलिटर ९७ कायम भएको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने समायोजन गरेको छैन । मूल्य समायोजनपछि निगमलाई १५ दिनमै १ अर्ब १६ करोड रुपैयाँ नाफा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्