साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा न्यौपाने

साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले २०७८ असोज १ गतेबाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनश सेयर तथा १.३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ । वित्तीय संस्थाले ०७८ साउन मसान्तसम्म ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।