हुवावेको विश्वकै पहिलो फोल्डेबल फाइभजी फोन «

हुवावेको विश्वकै पहिलो फोल्डेबल फाइभजी फोन

चिनियाँ बहुराष्ट्रिय कम्पनी हुवावेले फाइभजी कनेक्टिभीटी सहितको फोल्डेबल फोन यसै महिना सार्वजनिक गर्ने भएको छ । यही फेब्रुअरी महिनामा स्पेनको बार्सिलोनामा हुन लागेको मोबाइल बल्र्ड (एमडब्लुसी) कंग्रेसमा यो नयाँ स्मार्टफोन सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
बेइजिङमा सम्पन्न एमडब्लुसीको प्रिब्रिफिङमा बोल्दै कम्पनीका सिइओ रिचार्ड यूले विश्वकै पहिलो फाइभजी फोल्डेबल फोन सार्वजनिक गर्ने घोषणा गरेको प्रविधि साइट सिनेटले जनाएको छ । तीन वर्षअघिदेखि बढी चर्चामा रहे पनि हालसम्म फोल्डेबल स्क्रीन भएको फोन उपभोक्तासम्म पुग्न सकेको छैन । यसै वर्ष कोरियन कम्पनी सामसङले फोल्डेबल स्मार्टफोन ल्याउने घोषणा यसअघि नै गरिसकेको छ भने अर्को चिनियाँ कम्पनी साओमीले पनि फोल्डेबल फोनको घोषणा गसिकेका छन् । यसैगरी लेनोभो, एलजी, मोटोरोला र एप्पलसमेतका कम्पनीले पनि फोल्डेबल फोन ल्याउने चर्चा भए पनि पक्का भने गरेका छैनन् ।
हुवावेले एमडब्लुसीमै फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेर अन्य प्रविधि कम्पनीहरुको प्रतिस्पर्धामा आफूलाई अगाडि उभ्याउन थालेको छ । एमडब्लुसी यही फेब्रुअरी २५ देखि २८ सम्म बार्सिलोनामा सम्पन्न हुँदै छ । सिइओ यूले हुवावेको नयाँ स्मार्टफोन किरिन ९८० प्रोसेसर जडित हुने जनाएका छन्, जसमा फाइभजी कनेक्ट गर्ने बलोङ ५००० मोडेमसमेत हुनेछ । कम्पनीले यसअघि नै फाइभ जी मल्टी–मोड चिपसेट बलोङ ५००० र पहिलो कमर्सियल फाइभ जी डिभाइस ह्वावे फाइभ जी सीपीई प्रो सार्वजनिक गरिसकेको छ ।
एमडब्लुसीमा सार्वजनिक हुने स्मार्टफोनको थप फिचर भने कम्पनीले सार्वजनिक गरेको छैन । ह्वावेको प्रिमियम फ्याल्गसीप पी सिरिजको सक्सेरको रुपमा ल्याइन पी ३० लाई नै फोल्डेबल फिचरसहित ल्याउन सकिने अनुमान पनि प्रविधि साइटहरुमा गर्न थालिएको छ । कतिपय लिक भएका तस्बीरमा भने पी ३० फोल्डेबल नभएको देख्न सकिन्छ । टेलिकम्युनिकेसन उपकरण उत्पादनमा विश्वमै अग्रणी मानिने हुवावेले पछिल्लो आधा दशकयता भने मोबाइल बजारमा आफूलाई खरो उतारेको छ । अमेरिकी बजारमा प्रवेश रोकका बाबजुद पनि अमेरिकन कम्पनी एप्पललाई पछि पार्दै हुवावेले विश्वको दोस्रो धेरै फोन बिक्री गर्ने कम्पनीको रुपमा आफूलाई स्थापित गरेको छ । पहिलो नम्बरमा सधैझैं सामसङ नै छ ।

प्रतिक्रिया दिनुहोस्