Logo

‘निजी क्षेत्रलाई विश्वासमा लिन सके विकास’

स्याङ्जा-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई विश्वासमा लिन सके मात्रै विकासले गति लिने बताएका छन् । उनले देशभित्रका व्यवसायीलाई लगानी सुरक्षित छ भन्ने विश्वास नदिलाएसम्म विकासले गति लिन नसक्ने बताए । “स्वदेशका व्यवसायीलाई विश्वास लिन नसक्दासम्म विदेशी लगानीकर्तालाई विश्वासमा लिन सकिँदैन,” सातौं वालिङ महोत्सवको उद्घाटन गर्दै दाहालले भने, “सरकार निजी क्षेत्रलाई विश्वासिलो वातावरण बनाउनेतर्फ उन्मुख छ ।” विकासमा लाग्न आह्वान गर्दै दाहालले समृद्धको अभियानलाई साकार पार्न वस्तीवस्तीबाट लाग्नुपर्ने उनको भनाइ थियो ।
“दलगत राजनीतिक बिचार फरक होलान् तर विकासमा एकता आवश्यक छ,” अध्यक्ष दाहालले भने, “विकासमा राष्ट्रिय एकता कायम भएमात्रै हाम्रो अभियानले सार्थकता पाउने छ ।” सबै क्षेत्रमा परिवर्तन आएकाले विकासमा आलटाल गर्ने समय नभएको उनको भनाइ थियो ।
महोत्सवमा सहकारी तथा भूमिसुधार मन्त्री पदमा अर्यालले विकास गफगाफमा मात्र सिमित हुन नदिन सरकारले आन्तरिक तयारीलाई जोडदार रूपमा अगाडि बढाएको बताईन् । उनले निजी क्षेत्रसहित दातृ निकायसँग हातेमालो गरेर विकासमा सबैलाई सहभागी बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिने ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार भ्रष्टाचारमा चुलुम्ब डुबेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारामा मात्र सिमित हुने बताए । विकासका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर जानुको सट्टा सरकार पेलेर जान लागेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्