एप्पलले तिर्नेभोे ३८ अर्ब डलर कर

वासिङटन,एप्पलले अमेरिका बाहिर राखेको २५० अर्ब डलरको नगदबाद्ध ३८ अर्ब डलर कर तिर्ने भएको छ । अमेरिकी कर नियममा आएको पछिल्लो परिवर्तन लगत्तै एप्पल यो परिमाणको कर तिर्न राजी भएको हो ।अमेरिकी कर्पोरेट कर दरमा कटौती भएसँग सुधार अन्तर्गन यो सबै भन्दा ठूलो भुक्तानी हुने अपेक्षा गरिएको छ ।यो प्रविधि कम्पनीले नयाँ परिसरको निर्माण गर्ने र अमेरिकामा २० हजार नयाँ रोजगारी सिर्जना गर्ने योजना पनि बनाएको छ ।
आगामी पाँच वर्षको अवधिमा अमेरिकी अर्थतन्त्रमा ३५० अर्ब डलर भन्दा बढीको योगदान गर्ने आफ्नो योजना भएको पनि एप्पलले जनाएको छ ।कम्पनीले विदेशमा रहेको कति नगद अमेरिका फर्काउने भन्ने विषयमा भने केही पनि बताएको छैन ।प्रमुख कार्यकारी टिम कुकले भने, “एप्पलले यस्तो लगानीको क्षेत्रमा ध्यान केन्द्रीत गरेको छ, जसले रोजगारी सिर्जनामा प्रत्यक्ष प्रभाव पार्नेछ ।”
एप्पलले अमेरिकामा ८४ हजारलाई रोजगारी दिँदै आएको छ र यो वर्ष आन्तरिक वितरक र म्यानुफ्याक्चररको माध्यमबाट ५५ अर्ब डलर खर्च गर्ने अपेक्षा गरेको छ ।
कम्पनीको सातवटा राज्यमा डेटा केन्द्रहरु रहदै आएको छ ।
एप्पलले आगामी पाँच वर्षको अवधिमा डेटा सेन्टरमा १० अर्ब डलर भन्दा बढी खर्च गर्ने योजना बनाएको छ । यसलाई अमेरिकाका लागि ३० अर्ब डलरको पुँजीगत खर्चको अंशको रुपमा हेरिएको छ ।प्राविधिक सहयोगी कर्मचारीहरुका लागि एप्पलको नयाँ परिसरको बारेमा यसै वर्षको अन्त्यतिर घोषणा गरिने कार्यक्रम रहेको छ ।
एप्पले सुरुमा २०१८ मा १६ अर्ब डलरको पुँजीगत खर्चको योजना बनाएको थियो । यो अघिल्लो वर्षको १५ अर्ब डलरको तुलनामा बढी हो ।