Logo

कामना सेवा बैंकद्वारा ट्राफिक बत्ती हस्तान्तरण

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक बत्ती हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंको ज्ञानेश्वर चोकमा निर्माण गरेको ‘ट्राफिक बत्ती’ शुक्रबार एक समारोहकाबीच महाशाखालाई हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको उपस्थितिमा उक्त ट्राफिक बत्ती हस्तान्तरण गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज÷राष्ट्र निर्माणमा योगदान पुर्याउने महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले ट्राफिक बत्ती अनुशासन र सभ्यता सिकाउने महत्वपूर्ण साधन भएकोले बैंकले जनसरोकारको यस क्षेत्रमा अमूल्य योगदान गरी निकै सराहनीय कार्य गरेकोमा बैंक परिवारप्रति धन्यवाद ज्ञापन गरे । ज्ञानेश्वरको मुख्य चोकमा राखिएको ट्राफिक बत्तीबाट स्थानीय नागरिक, सवारी साधन तथा पैदल यात्रुले लाभ लिन सक्ने बैंकले विश्वास लिएका छ ।

प्रतिक्रिया दिनुहोस्