Logo

आईमार्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष काफ्ले आइक्यान परिषद् पार्षद्मा निर्वाचित

विद्युतीय भुक्तानी तथा कार्ड प्रविधिमा काम गर्दै आएको आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष काफ्ले नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आइक्यान) को नवौं परिषद् पार्षद्मा निर्वाचित भएका छन् । परिषद्को चार्टर्ड एकाउण्टेन्ट्स समूहबाट पार्षद् पदमा निर्वाचित काफ्लेसँग लामो समय विदेशमा रहेर काम गरेको अनुभव छ ।
आइतबार र सोमबार सम्पन्न परिषद् निर्वाचनमा काफ्लेसहित १० जना निर्वाचित भएका हुन् । सीए भाष्कर लाला, युद्धराज ओली, रामचन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजनकुमार काफ्ले, सुजन श्रेष्ठ, प्रवीनकुमार झा र सुरेन्द्र श्रेष्ठ पनि परिषद् पार्षद्मा निर्वाचित भएका हुन् । उक्त पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।
कुल १७ सदस्यीय परिषदमा चार्टर्ड एकाउण्टेन्ट्स समूहबाट १०, दर्तावाला लेखापरीक्षक समूहबाट ४ र महालेखापरीक्षकको सिफारिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ । जसमा दर्तावाला लेखापरीक्ष समूहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केशबहादुर केसी निर्वाचित भएका छन् ।
अब महालेखापरीक्षकको सिफारिसमा सरकारले ४ जना पार्षद् मनोनीत गरेपछि परिषद्ले पूर्णता पाउनेछ ।
गत जेठमा नै परिषद्को निर्वाचन हुनुपर्नेमा कोरोना महामारीका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्