नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने «

नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने

नेपाल टेलिकमले फोर जी सेवालाई अझै गुणस्तरीय बनाउने बताएको छ ।
सोमवार पत्रकार सम्मेलनमा बोल्दै नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको फोर जी सेवालाई अझ गुणस्तरीय बनाउने बताए । उनले ५ जी सेवालाई परिक्षणमा लैजाने प्रक्रिया आरम्भ गर्ने पनि बताए । प्रवन्ध निर्देशक अधिकारीले देशभरीको फाइबर बिच्छ्याउने कामलाई तीव्रता दिने पनि उल्लेख गरे । आगामी दिनमा कोरोना संक्रमणका कारण टेलिकमको काम नरोकिने पनि उनले स्पष्ट पारे ।
प्रवन्ध निर्देशक अधिकारीले टेलिकमले कल ट्यापिङ गर्ने हल्ला भएको भन्दै हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयो । टेलिकमसँग कल ट्यापिङ गर्ने उपकरण नै नभएको उल्लेख गर्दै उनले टेलिकमले कल ट्यापिङ नगरेको बताए । उनले भने, ‘कल ट्यापिङको उपकरण नै छैन । कल ट्यापिङ गर्ने एल आइ. भन्ने उपकरण हुन्छ । त्यो उपकरण आयात गर्न दूरसञ्चार प्राधिकरण सँग अनुमति चाहिन्छ । हामी दूरसञ्चार सेवा प्रदायकले एलआई इक्वीपमेन्ट किन्न पाइँदैन ।’
उनले टेलिकमले सस्तो, गुणस्तरीय सेवा देशभरका सम्पूर्ण भेगमा पु-याउने दायित्वको साथ काम गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्