ट्रम्प मानसिक र शारीरिक रुपमा तन्दुरुस्त «

ट्रम्प मानसिक र शारीरिक रुपमा तन्दुरुस्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मानसिक र शारीरिक रुपमा स्वस्था भएको ह्वाइट हाउसका आधिकारिक चिकित्सकले बताएका छन् । मंगलबार ह्वाइट हाउका रोनी ज्याक्सनले ट्रम्पको मानसिक तथा न्युरोलोजिकलको विषयलाई लिएर कुनै चिन्ता नभएको बताएका थिए । गत साता ३ घन्टासम्म ट्रम्पको परिक्षण चलेको थियो । अमेरिकी राष्ट्रपति भएपछि यो उनको पहिलो परिक्षण थियो ।
केही दिन अगाडि सार्वजनिक भएको विवादास्पद किताबमा राष्ट्रपतिको मानसिक अवस्थाबारे प्रश्न उठाइएको थियो । मंगलबार ह्वाइट हाउसका चिकित्सक ज्याक्सनलेले राष्ट्रपतिको स्वास्थ्य विलकुल दुरुस्त भएको बताएका थिए ।
उनले भने,“सबै कुराले यसतर्फ इशारा गरेको छ कि राष्ट्रपतिका स्वास्थ्य विलकल ठीक छ । यो उनको कार्यकालसम्म राम्रो रहिरहने छ ।” चिकित्सकले कम बोसो भएको भोजन तथा व्यायामको सुझाव दिएका छन् ।
शुक्रबार भएको तीन घन्टा लामो परिक्षणपछि राष्ट्रपति ट्रम्प आशातीत रुपमै दुरुस्त पाइएको हो । ‘फायर एन्ड फ्यूरीः इनसाइड द ट्रम्प ह्वाइट हाउस’ का लेखक मिखाइल वाल्फले ह्वाइट हाउसका सबै सहयोगीले ट्रम्पलाई बालक जस्तै देख्ने गरेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्