पुँजीबजारमा हल्लाभन्दा सल्लाह आवश्यक «

पुँजीबजारमा हल्लाभन्दा सल्लाह आवश्यक

केही आफुलाई सेयर बजारका खेलाडी ठान्ने सेयर बजारका विश्लेषक भन्ने लगानीकर्ताहरूले सेयर बजारलाई अर्धजुवा भनेर पनि भन्ने गरिरहेका छन् ।

बजारमा सगरमाथा इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच एकआपसमा मर्जरको तयारीको हल्ला चल्यो । कसैले हल्ला मात्र हो भने कसैले हल्ला सत्य भएको दावी गरे । यसरी फर फरक हल्ला चल्दा कुन पत्याउने र कसलाई आधिकारिक वा वैधानिक मान्ने भन्ने सर्वसाधारण लगानीकर्ता रणभुल्लमा परे । पछिल्लो समयमा सेयर बजारमा हल्लाको खेती गरेर आफ्नो स्वार्थ सिद्ध गर्नेहरूको जमात बढिरहेको छ । त्यसो त केही ठूला लगानीकर्ताहरू नै यस्ता समाचार वा हल्ला चलाउने गरेको पनि केहि बताउँछन् । तर, सेयर बजारमा विभिन्न हल्लाहरूले प्रभाव पार्दछ । विगतदेखि नै सेयर बजारमा हल्लाको खेती हुने गरेको छ । कहिले बैंकहरूको मर्जर हुने हल्लाले, कहिले सरकार परिवर्तनको हल्लाले, कहिले अर्थमन्त्री परिवर्तनको हल्लाले, कहिले नेप्से घट्ने-बढ्ने हल्लाले कतिपय अवस्थामा कतिपय सेयर बजारका लगानीकर्ता विश्लेषक भन्नेहरूले सेयर बजारलाई आफ्नो अनुकूल पार्नका लागि फैलाउने हल्लाले सेयर बजारमा प्रभाव पार्ने गरेका छन् । यस्तो हल्ला फिँजाएर सेयर मूल्यमा असर पर्ने गरेका छन् । पछिल्लो समयमा त बैंकहरूबीच मर्जरको र एक्वाएरको हल्लाले गर्दा सेयर बजारमा सेयरको मूल्यमा प्रभाव पार्ने गरेका छन् भने जलविद्युत् कम्पनीहरूले हकप्रद सेयर जारी गर्ने हल्लाले पनि सेयर बजारमा असर गरेका छन् । यसको कारणले पनि होला, जलविद्युत् कम्पनीहरूको सेयर मूल्य उकालो लागेको छ ।
कतिपय लगानीकर्ताहरू सेयर बजारमा चल्ने गरेका हल्लाहरूबाट छिटै प्रभावमा पर्ने गरेका छन् । हुनलाई त संसार नै हल्लाले हल्लाउँछ भनेर भनिन्छ । सायद यही कारणले होला, बेलाबेलामा सेयर बजारमा पनि विभिन्न हल्लाहरू हुने गरेका छन् । पछिल्लो समयमा सामाजिक सञ्जालहरूमा केही आपूmलाई सेयर बजारका विश्लेषक भन्ने ज्योतिषिहरूले पनि सेयर बजारलाई हल्लाइरहने गरेका छन् । केही सेयर बजारका विश्लेषक भन्नेहरूले नेप्से यति बढ्छ, नेप्से यति घट्छ भनेर भविष्यवाणी गर्ने गरेकाले कतिपय लगानीकर्ताहरू यस्तो भविष्यवाणीको प्रभावमा पर्ने गरेका छन् । सेयर बजारका विश्लेषक भन्नेहरूले सेयर बजारका बारेमा नेप्सेको घटबढका बारेमा भविष्यवाणी गर्न नहुने हो । किनकि सेयर बजारमा नेप्से घट्ने÷बढ्ने भनेको सेयर बजारको ब्युटिनेस नै हो नि । नेप्से भनेको सधैं बढ्ने मात्र, सधैं घट्ने मात्र भइरहँदैन । सेयर बजारलाई आफ्नै लयमा चल्न दिनुपर्छ । सेयर बजारका लागि हल्ला होइन, सटीक सत्यतथ्यमा आधारित जानकारी र सल्लाहको आवश्यकता रहेको छ, जसले सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूका लागि सहयोग सिद्ध होस् । पछिल्लो समयमा नयाँ–नयाँ लगानीकर्ताहरूको प्रवेश बढिरहेका छन् । कतिपय लगानीकर्ताहरू नियामक निकायहरू, सरकारमा भएका मन्त्रीहरूले समेत सेयर बजारबारे लगानीकर्ताहरूमा भ्रम पार्ने अभिव्यक्तिहरू दिने गरेका छन् ।
सरकारमा अर्थमन्त्री भएकाहरूले पनि बेला–बेलामा विवादित अभिव्यक्ति दिने गरेका छन् । डा. युवराज खतिवडा अर्थमन्त्री भएको बेलो सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेर भनेका थिए भने डा. बाबुराम भट्टराई अर्थमन्त्री हुँदा डा. भट्टराईले पनि सेयर बजारलाई जुवाघरको संज्ञा दिएका थिए । त्यसबेला सेयर बजारमा पहिरो नै गएको थियो । त्यसो त त्यतिबेला डा. खतिवडालाई सेयर बजारका लगानीकर्ताहरूले त्यति मन पराउँदैनथे । पछिल्लो समयमा पनि सेबोनका अध्यक्ष भीष्मराज ढुंगानाले १० कित्ते नीतिले सेयर बजारमा प्राथमिक बजारमा विकृति ल्याएको र यसलाई पुनरालोवकन गर्नुपर्छ भनेर बताएपछि पनि सेयर बजारका लगानीकर्ताहरूमा भ्रम सिर्जना गरेको थियो । के त १० कित्ते नीतिले सेयर बजारको प्राथमिक बजारमा विकृति ल्याएकै हो त ? त्यसो त सेबोनका अध्यक्षले नै सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर हात पार्दा बजारमा विकृति आयो कि आएन । के सेयर बजार अनुत्पादक क्षेत्र हो त ? के सेयर बजार अर्धजुवा, जुवा नै हो त ? यस्ता भ्रमपूर्ण अभिव्यक्ति दिने गरेका कारणले पनि सेयर बजारमा प्रभाव पार्ने गरेका छन् । यसबाट लगानीकर्ताहरूमा अन्योलता बढ्ने गरेको छ । सेयर बजारमा चल्ने यस्ता हल्लाको पछि लागेर कतिपय लगानीकर्ताहरूले नोक्सानी बेहोर्ने गरेका पनि छन् । र केही सीमित लगानीकर्ताहरूले हल्लाको खेती गरेर लाभ पनि लिने गरेका छन् ।
सामान्यतया सेयर बजार भनेको पब्लिक लिमिटेड कम्पनीहरूलाई पुँजीको जोहो गरिदिने माध्यम हो । तर, सेयर बजारलाई हल्लाले प्रभाव पारेजस्तै राजनीतिले पनि प्रभाव पार्ने गरेको छ । देशमा राजनीतिक खिचातानी र उथलपुथल अनि सरकार परिवर्तनले पनि सेयर बजारमा प्रभाव पार्ने गरेका छन् । सरकारमा अर्थमन्त्री बन्ने अनुहारले पनि सेयर बजारमा प्रभाव पार्ने गरेको विगतका सरकारका अर्थमन्त्रीहरूको गतिविधिले पनि देखाइसकेको छ । राजनीतिक स्थायित्व र सरकारको स्थायीत्व तथा स्थिर सरकारले देशमा शान्ति सुव्यवस्थाले पनि देशमा लगानीको वातावरण बन्ने गर्छ नै । तर पनि सेयर बजारमा लगानी गर्ने भनेको सरकारमा रहेका अर्थमन्त्रीहरूको अनुहारलाई हेरेर गर्ने भन्ने पक्कै होइन । सेयर बजारमा लगानी गर्ने भनेको आफूले लगानी गर्ने कम्पनीहरूको पर्फमेन्सलाई हेरेर गर्ने हो । तर, पछिल्लो समयमा भने निषेधाज्ञा भए पनि सरकार परिवर्तन भए पनि राजनीतिक खिचातानी भए पनि सेयर बजारमा भने त्यति असर गरेको देखिएन । निषेधाज्ञाको समयमा पनि सेयर बजारमा चमक देखिएको थियो । निषेधाज्ञामा सेयर बजारमा रेकड्का रेकर्ड राखेको देखियो । यो सेयर बजारका लागि सकारात्मक हो, के त अब सेयर बजारका लगानीकर्ताहरू परिपक्व भएको हो त ? तर पनि कतिपय लगानीकर्ताहरूको मनोविज्ञानलाई नियाल्दा हेर्दा बजारमा हुने उतारचढावलाई हेरेर लगानी गर्ने गरेको देखिन्छ ।
सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले सेयर बजारको बोरमा जानकारी लिन जरुरी छ । आफूले लगानी गर्न लगानीकर्ताहरूले कम्पनीहरूका बारेमा जानकारी लिने कम्पनीको आर्थिक सूचकाकहरूका बारेमा जानकारी लिने कम्पनीको प्रतिवेदनको अध्ययन गर्ने खासगरी कम्पनीको प्रतिसेयर आम्दानी कम्पनीको रिजर्भ कम्पनीको पिई रेसियोका बारेमा जानकारी लिन जरुरी छ । कम्पनीको रिजर्भ राम्रो भएको प्रतिसेयर आम्दानी बढी भएको पिई रेसियो कम भएको कम्पनीले नियमित रूपमा लाभांश दिइरहेको कम्पनीको सेयरमा लगानी गर्दा राम्रो हुन्छ । सेयर बजारमा लगानी गर्नेहरूमा ट्रेडिङ गर्ने वा इन्भेस्ट गर्ने लगानीकर्ताहरू पनि रहेका हुन्छन् भने सेयर बजारमा सर्ट टर्म, मिड टर्म र लङ टर्म लगानीकर्ता रहेका हुन्छन् । सर्ट टर्मका लगानीकर्ताहरूले छोटो अवधिमा नै लाभ लिनका लागि बढेको कम्पनीको सेयरमा लगानी गर्ने गर्छन् । कतिपय लगानीकर्ताहरूले घटेको बेला सेयर खरिद गरेर बढेको समयमा बिक्री गर्ने गर्छन्, त्यसैगरी कतिपय लगानीकर्ताहरू प्राथमिक बजारमा लगानी गरिबढेको बेला सेयर बेच्ने गरेका पनि हुन्छन् । चाहे प्राथमिक बजारका लगानीकर्ताहरू हुन्, चाहे दोस्रो बजारका लगानीकर्ता हुन्, लगानीकर्ताहरूले हल्लाको पछि नलागी अरूको देखासिकी नगरी सेयर बजार सम्बन्धी जानकारी लिई आपूm सजग, सचेत भई सेयर बजारमा लगानी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्