Logo

नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा वैद्य

नेपाल एम्बुलेन्स सेवा (एनएएस) १०२ को अध्यक्षमा डा. प्रदीप वैद्य छानिएका छन् । एम्बुलेन्स सेवा एक गैर नाफामूलक संस्था हो, जुन आकस्मिक मेडिकल रेस्पोन्समा काम गर्दै आएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा तीन वर्षे कार्यकाल पूरा गरी रञ्जित आचार्यले नयाँ अध्यक्ष वैद्यलाई ब्याटन हस्तान्तरण गरे । आचार्यले आफ्नो तीन वर्षे कार्यकालमा नेपाल एम्बुलेन्स सेवा १०२ ले २८ हजार ९ सय ६४ जना बिरामीहरुको उपचार गरेको बताए ।
कोभिड १९ को दवै लहरहरुमा ९ हजार ६६८ कोभिड बिरामीहरुलाई निःशुल्क सेवा प्रदान गरेको र ५० लाख रुपैयाँको एनएएसमा पहिलो पटक कोषको स्थापना गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्