प्रतिफल वितरण हुने «

प्रतिफल वितरण हुने

एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्र्तगत सञ्चालित पहिलो खुलमुखी योजना ‘एनआईसी एसिया डाइनामिक डेप्ट फण्ड’ले एकाइ धनीहरुलाई १० प्रतिशत (करसहित) प्रतिफल वितरण गर्ने भएको छ । उक्त प्रतिफल वितरण गर्नका लागि एकाइ धनी दताए किताव बन्द गरिएको बैंकले जनाएको छ ।
एनआईसी एसिया क्यापिटलले खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिएको प्रतिफललाई पुनः लगानी गर्न मिल्ने गरी डेभिडेन्ट रिइन्भेष्टमेन्ट प्लान सञ्चालन गरेको छ । उक्त प्रतिफल रकम बराबरको एकाइ सम्बन्धित एकाइ धनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
डेभिडेन्ट रिइन्भेस्टमेन्ट योजनामा सहभागी हुन भदौ १० गतेसम्म आवेदन दिन इकाइ धनीमात्र सहभगी हुन सक्ने बताइएको छ । छिटो, छरितो तथा ग्रहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गएको एनआईसी एसिया क्यापिटलले हाल म्युचुअल फण्ड, सेयर रजिष्ट्रार, निष्कासन तथा बिक्री प्रबन्धकलगायतका इन्भेष्टमेन्ट बैंकिङसम्बन्धी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्