पाकिस्तानको २७ अर्ब डलर निर्यात योजना «

पाकिस्तानको २७ अर्ब डलर निर्यात योजना

इश्लामावाद-पाकिस्तानले यो वर्ष निर्यात २७ अर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । पाकिस्तानका प्रधानमन्त्र िइमरान खानका एक वरिष्ठ सल्लाहकारले यो योजनाको खुलासा गरेका हुन् । इमरान खानको अगुवाइमा बनेको सरकार सत्तामा आएपछ पाकिस्तानमा महँगी, नयाँ कर तथा समग्र आर्थिक अवस्थाको चुनौतीपूर्ण आंकडाको विषयलाई लिएर दबाबको सामना गरिरहेको छ ।
वाणिज्य, पोशाक तथा औद्योगिक उत्पादन मामिलाका खानका सल्लाहकार अब्दुर सजाक दाउदले भनेका छन्,“यो वर्ष हामी पाकिस्तानबाट सर्वाधिक बढि निर्यातका आंकडा छुने छौ तथा करिब २७ अर्ब डलरको निर्यात लक्ष्य राखिएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्