Logo

उत्तर कोरिया बिरुद्ध युद्धको तयारीमा अमेरिका

वासिङटन, पछल्लो समयमा उत्तर कोरियाबाट आएको धम्कीलाई मध्यनजर गर्दै अमेरिकी सेना उत्तरको बिरुद्धमा युद्धको तयारीमा जुटेको छ । गत महिना अमेरिकी सेनाले उत्तरी क्यारोलिनामा अपाचे आक्रमण गर्ने हेलिकप्टर तथा चिनकु कार्गो हेलिकप्टरका साथ युद्धको अभ्यास गरेको थियो । सेनाले युद्धको अवस्था आइनसकेको तर दुवै देशका नेताले तीखो बोलीका कारण स्थिति तनावपूर्ण भएको जनाएको छ ।
अमेरिका सबै मोर्चामा सतर्क रहन चाहन्छ तथा कुनै पनि विषम परिस्थितिसँग जुझ्नका लागि तयार रहन चाहन्छ । सेनाले फोर्ब बैंगमा युद्धको अभ्यास पनि गरेको छ । यो बाहेक सेनाले अर्को दुइ अभ्यास पनि गरेको छ । नेवादामा अमेरिकी वायुेनाको हवाई विभागको १ सय भन्दा अधिक सेनाले कार्गो विमानबाट प्यारासुटको माध्यमबाट हामफाल्ने अभ्यास पनि गरेको छ । सेनाले अध्यारो रातमा यो अभ्यास गरेको हो ।
अमेरिकी सेनाको १ हजार भन्दा बढी रिजर्भ जनालेले आगामी महिना अभ्यास गर्ने कार्यक्रम तय गरिएको छ । यसमा सेनाले आपतकालिन स्थितिमा सैनिकको एक स्थानमा एकठ्ठा गर्ने र अत्यन्त कम अवधिमा विदेशी जमिनमा धावा बोल्नेको अभ्यास गर्नेछ । दक्षिण कोरियामा आयोजना हुने शीतकालिन ओलम्पिकमा अमेरिकी सेनाले स्पेसल अपरेसन दस्ता पठाउने विषयमा पनि विमर्श गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्