झुटो विवरण पेस गरेर नागरिकता लिएको खुलासा, पाँचजना पक्राउ «

झुटो विवरण पेस गरेर नागरिकता लिएको खुलासा, पाँचजना पक्राउ

सिन्धुलीका एक व्यक्तिले झुटो विवरण पेस गरेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट नागरिकता लिएको तथ्य बाहिर आएको छ ।
२०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ–४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीय शुक्र तामाङलाई दाइ भन्ने सनाखत गरी झुटो विवरण पेस गरेको खुल्न आएको हो ।

स्रोतका अनुसार गत साउन २० मा सोताङ गाउँपालिका–४ मा जन्म दर्ता गराएका थिए । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रामकुमार राईले झुटो विवरणको आधारमा सिफारिस गरेको खुलासा भएको छ ।


वडाको सिफारिसमा साउन २४ मा जिल्ला प्रशासन कार्यालय सल्लेरीबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिएका थिए । झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने र दिलाउन दाइको भूमिका निर्वाह गरेका शुक्र तामाङलाई प्रहरीले साउन २५ गते नै पक्राउ गरेको छ ।


नागरिकता प्राप्तिका लागि साक्षी बस्ने सोताङ–४ का सुदिप राई, टीकाराम राई र सूर्यबहादुर राईलाई समेत पक्राउ गरिएको छ । उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्