Logo

३ हजार ९१५ जना संक्रमित थपिए

शुक्रबार नेपालमा थप तीन हजार ९१५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७०८ पीसीआर परीक्षणमा दुई हजार ७६३ र छ हजार ८७४ एन्टिजेन परीक्षणमा एक हजार १५२ जना गरी कूल तीन हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो ।


योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख २८ हजार ५३२ पुगेको छ । त्यस्तै एन्टिजेन परीक्षण गर्नेको संख्या ७४ हजार ३४ रहेको छ ।


पछिल्लो २४ घण्टाको अवधिमा थप दुई हजार ११८ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या छ लाख ७९ हजार ४९५ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


हाल नेपालमा ३५ हजार ५१८ होम आइसोलेसन, तीन हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यसैगरी ७३६ जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना छ ।


नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दश हजार २३९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्