Logo

उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने मौैद्रिक नीति ल्याउन सुझाव


पूर्वअर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारलाई सुझाव दिए ।


पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउन तथा देश र जनता गरिब हुँदै जाने अवस्था आएको बताए ।
“खाली हामीले घरजग्गा किनबेचमा मात्रै कर्जा प्रवाह ग¥यौं । यसले देश र जनता सधैं गरिब भइरहने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आयो” उनले भने, “यसको अन्त्य गर्नका लागि ग्रामीण क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति आउनु प¥यो । अन्यथा देश र जनता सधैं गरिब हुने र बैंकहरुमाथि धनी हुने अवस्थाको अन्त्य हुन सक्दैन ।”
नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए । उनले अनुचित खर्च कटौती गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्दै लैजाने गरी मौद्रिक नीति ल्याउन पनि नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । “निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गरौं” उनले भने, “अनुचित खर्च घटाऔं । यसैलाई सम्बोधन हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्दछ ।”
ंनेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री पुनले उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौदिक नीति ल्याउनुपर्ने बताए । उनले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढन नेपाल राष्ट्र बैैंकलाई आग्रह गरे । उनले भने, “धनीलाई सस्तो व्याजदरमा कर्जा दिने तर गरिबलाई नदिने परिपाटीको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैन ।”
बैठकमा समितिका सदस्यहरुले बैंकहरु मोटाउने तथा जनता र देश गरिब हुने खालको बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी नीतिगत र संरचनागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ग्रामीण क्षेत्रमा लगानीको वातावरण बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने पनि जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्