बढ्दो अमेरिकी संरक्षणवादप्रति चिनिया“ चेतावनी

बिहीबार चिनियाँ वाणिज्य मन्त्रालले अमेरिकामा संरक्षणवादमा वृद्धि भएको चेतावनी जारी गरेको छ । चिनियाँ कम्पनी एन्ट फाइनान्सियलको अमेरिकी मनी ट्रान्सफर कम्पनी मनिग्राम इन्टरनेसनल खरिद गर्ने योजनामा अवरोध सिर्जना भएपछि चिनियाँ वाणिज्य मन्त्रालयको यस्तो भनाई सार्वजनिक भएको हो ।
राष्ट्रिय सुरक्षाको आडमा एन्ट फाइनान्सियल मनिग्रामको सम्झौता अस्वीकृत भएपछि चीनको यो निराशापूर्ण अभिव्यक्ति बाहिर आएको मन्त्रालयका प्रवक्ता गाओ फेङले नियमित जानकारी गराउने क्रममा बताएका हुन् ।
एन्ट फाइनान्सियलको मनिग्राम खरिद गर्ने योजना गत साता समाप्त भएको थियो । अमेरिकी सरकारी प्यानलले राष्ट्रिय सुरक्षा चासो देखाउँदै यसको खरिद–प्रक्रिया अस्वीकार गरेपछि उक्त योजना असफल भएको हो ।