ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा «

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

ग्लोबल आइएमई बैंकले बुधबारदेखि ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र अशन, ललितपुरको धोबीघाट र भैंसेपाटी, भक्तपुरको गठ्ठाघर एवम् धादिङको बीचबजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको हो ।नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले देशभर रहेका २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २५७ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत् आफ्ना २३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्