Logo

स्टाण्डर्ड चाटर्ड बैंकको अन्तरक्रिया

स्टाण्डर्ड चार्टड बैंकले विश्व र नेपाली आर्थिक दृष्टिकोण विषयक अन्तरक्रिया आयोजना गरेको छ । स्टाण्डर्ड चार्टड बैंकको ग्लोबल रिसर्च टीमले आयोजना गरेको कार्यक्रममा कोरोना महामारीका कारण विश्वमा उत्पन्न आर्थिक संकट र त्यसले नेपालमा विदेशी विनिमयको प्रभावका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले कोरोना महामारीबाट उत्पन्न संकटबाट अर्थतन्त्रलाई माथि उकास्न नेपाल सरकारले गरेका विभिन्न सहुलियत र व्यवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा स्टाण्डर्ड चाटर्ड बैंकका ग्लोबल हेड कौशिक रुद्र, फिक्स्ड इकोनमिक रिसर्च हेड सौरभ आनन्द, स्टाण्डर्ड चाटर्ड बैंकका नेपालका सीईओ अनिर्वन घोषलगायत विभिन्न निकायका प्रमुखहरु सहभागी थिए । कार्यक्रममा १३० जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्