एभरेष्ट बैंकद्वारा बिक्री प्रबन्धक नियुक्र

एभरेष्ट बैंकले लिमिटेडले एक हजार रुपैयाँ अंकित दरको २० लाख कित्ता कित्ताले हुन आउने दुई अर्ब रकम बराबरको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’ ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ । उक्त सम्झौतामा एभरेस्ट बंैकको तर्फबाट कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानालेमंगलबार हस्ताक्षर गरे ।
एभरेष्ट बैंकले देशभरबाट १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।