कोविड १९ अपडेट: भारतमा हालसम्म ४३ करोड भन्दा बढी खोप प्रदान «

कोविड १९ अपडेट: भारतमा हालसम्म ४३ करोड भन्दा बढी खोप प्रदान

बिहीबार सम्म भारतमा ४२ करोड भन्दा बढी खोप खुराक प्रदान गरिएको छ।

शुक्रबार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार देशभरमा हालसम्म ५१ लाख ९४ हजार ३ सय ६४ सत्र मार्फत ४२ करोड ३४ लाख १७ हजार ३० खोप खुराक प्रदान गरिएको छ।

गत २४ घण्टामा ५४ लाख ७६ हजार ४ सय २३ खोप खुराक प्रदान गरिएको छ।

देशव्यापी खोप अभियान को नँया चरण को सुरुवात जून महिनाको २१ तारिख देखि भएको थियो। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार “केन्द सरकार सम्पुर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न यथेष्ट प्रयास गरिरहेको छ।”

हालसम्म ३ करोड ४ लाख ६८ हजार ७८ जना निको भइसकेका छन्। गत २४ घण्टामा ३८ हजार ७ सय ४० जना संक्रमित विरामी निको भएका छन्। यसका साथै देशको संक्रमण मुक्त दर हाल ९७.३६ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा ३५ हजार ३ सय ४२ नँया संक्रमित विरामी थपिएका छन्।

लगातार छब्बीस दिन पचास हजार भन्दा कम नयाँ संक्रमित विरामी देखिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार” यो सबै केन्द्र सरकार राज्य र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो।”

देशको सक्रिय संक्रमित संख्या हाल ४ लाख ५ हजार ५ सय १३ पुगेको छ। हाल सो संख्या देशको कुल सकारात्मक संख्या को १.३० प्रतिशत पुगेको छ।

गत २४ घण्टामा १६ लाख ६८ हजार ५ सय ६१ वटा नमुना परीक्षण भएको छ। हालसम्म देशमा ४५ करोड २९ लाख ३९ हजार ५ सय ४५ वटा नमुना परीक्षण भइसकेको छ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दर मा पनि कमी आउँदै गएको छ। हाल साप्ताहिक सकारात्मकता दर २.१४ प्रतिशत पुगेको छ र दैनिक सकारात्मक दर २.१२ प्रतिशत पुगेको छ।

लगातार ३२ दिन दैनिक सकारात्मक दर ३ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ भने लगातार ४६ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

स्रोत : इन्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस्