मनाङमा ९१६ टन स्याउ उत्पादन «

मनाङमा ९१६ टन स्याउ उत्पादन

मनाङ-मनाङमा स्याउ उत्पादनमा वृद्धि भएको छ । जिल्लामा यस वर्ष ९ सय १६ मेट्रिक टन स्याउ उत्पादन भएको हो हिमालपारीको जिल्लाको नामबाट परिचित मनाङ अब स्याउको नामबाट पनि चिनिँदै आएको छ । स्याउ उत्पादन राम्रो हुने भएकाले पनि मनाङ स्याउ उत्पादन हुने जिल्लबाट परिचित भएको हो । २०७४ सालमा मनाङमा ९१० मट्रिक टन स्याउ उत्पादन भएको थियो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई स्याउ जोन चामे मनाङका प्राविधिक सहायक योवनकुमार सुनुवारका अनुसार स्याउ खेतीप्रति किसान आकर्षित हुँदै गएको र स्याउखेतीको व्यवस्थापनमा सुधार हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो । मनाङमा उत्पादित स्याउमध्ये पाँचदेखि १० प्रतिशतसम्म जिल्लामै खपत हुने गरेको र बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको सुनुवारले बताए ।
स्याउ खेतीका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाबाट पनि राम्रै अनुदानका कार्यक्रम तथा सहयोग मिलेको परियोजना कार्यान्वयन इकाई स्याउ जोन चामे मनाङका प्राविधिक सहायक सुनुवारले बताए । उनले स्याउखेतीका लागि राम्रो हावापानी भए पनि केही समस्या भने भएको बताए । क्षेत्रफल व्यवस्थापन, व्यवसायिक खेती नहुने, संरक्षण, ढुवानी, प्राविधिक ज्ञानको कमी, बजार व्यवस्थापन तथा भण्डारणमा समस्याका कारण किसान समस्यामा पर्ने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्