पाकिस्तानमा तौल नघटाए पाइलटलाई कारबाही «

पाकिस्तानमा तौल नघटाए पाइलटलाई कारबाही

इश्लामावाद-आतंकवाद र अर्थतन्त्रसँगको समस्या झेल्दै आएको दक्षिण एसियाली मुलुक पाकिस्तानमा एक फरक किसिमको समस्या देखा परेको छ । याहाँको सरकारी विमान कम्पनीमा समस्या देखिएको छ । पाकिस्तानको सरकारी विमान कम्पनी पाकिस्तान इन्टरनेशनल एयरलायन्स (पीआईए) का केही कर्मचारी यती मोटा भएका छन् कि अधिकारीहरुले उनीहरुलाई चेतावनी समेत दिनु पर्ने बाध्यात्मक अवस्थाको सिर्जना भएको छ । पीआईऐ आफ्ना चालक दलका सदस्यलाई ६ महिनाभित्र अतिरिक्त वजन कम गर्नका लागि निर्देशन दिएको छ । यदी पाइलटले समय सीमामै तौल घटाएर चुस्त–दुरुस्त नभएमा उनीहरुलाई उडानको जिम्मेवारीबाट हटाइने चेतावनी समेत दिइएको छ ।
द एक्सप्रेस ट्रिब्यूनका समाचार अनुसार पीआईएले विभिन्न कद र शारीरिक गठन भएका मानिसका लागि वजन सूची पनि सुझाएको छ । समाचारका अनुसार वजन कम गर्ने सूचीमा समावेश मानिसका लागि उडान अनुमती प्राप्त गर्नका लागि प्रत्येक महिना ग्रुमिङ सेललाई आफ्नो मासिक रिपोर्ट दिनु पर्नेछ । उक्त निर्देशनमा भनिएको छ,“कम्पनीको उडान सेवाका महाप्रबन्धक आमिर बसिरले १ जनवरी २०१९ मा आदेश जारी गरिएको थियो ।”
यो आदेशका अनुसार अधिकारीे प्रत्येक महिना २.२६किलोग्रामसम्म वजन कम गर्नुपर्ने छ । चालक दलका करिब १ हजार ८ सय सदस्यलाई यो सूचना जारी गरिएको छ । यदी उनीहरुले वजन कम गरेनन् भने उडान सेवाबाट बाहिर निकालिने छ ।

प्रतिक्रिया दिनुहोस्