लक्ष्मी बैंकको नयाँ शाखा बूढानीलकण्ठमा

लक्ष्मी बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ स्थितगणेश चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
बैंकले आफ्नो १३०औं शाखा बिस्तार गरेर कारोबार पनि सुरुवात गरेको जनाएको छ । यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।
नयाँ शाखा सुरु भएसँगै बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सेवा विस्तारलाई तीव्र पारेको जनााएको छ ।