बाह्य पर्यटकको आगमन खोपको प्रयोगसँगै बढ्ने «
Logo

बाह्य पर्यटकको आगमन खोपको प्रयोगसँगै बढ्ने


विदेशस्थित नेपाली राजदूतहरूले कोभिडविरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै पर्यटक आगमन हुने बताउँदै त्यसतर्फ नेपाल तयार रहनुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रूपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरूले बताएका हुन् ।
नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेटसँगसँगै विश्वव्यापी रूपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानडा र ब्राजिलमा रहेका नेपाली राजदूतहरूसँग बुधबार गरेको भच्र्युअल अन्तत्र्रिmया कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर बिस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताएका हुन् ।
बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के–कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एसिया र युरोपका विभिन्न देशका राजदूतहरूसँग पनि अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको थियो ।
कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले छिमकी मुलुक भारत र चीनबाहेकका मुलुकहरूका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । पूर्वअर्थमन्त्रीसमेत रहेका डा. खतिवडाले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिए ।
“अहिले पर्यटकीय गतिविधि शून्यप्रायः रहेकाले बजेट अभाव हुनु स्वाभाविक हो । तर, प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ,” उनले भने ।
यस्तै उनले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै उनले सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहेको जानकारी दिए ।
यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरू भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । उनले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भिœयाउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरूसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए ।
यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सेक्रेटरी) भरत खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए । उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रवद्र्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए ।
यस्तै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुल जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरूमा बढ्दै गइरहेको सन्दर्भमा नेपालका बारेमा सही सूचना प्रवाह गर्न सके यसलाई निरन्तरता दिन सकिने बताए । उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकाले त्यहाँका विशिष्ट व्यक्तिहरूलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तर्निकाय समन्वय र बजेटको सीमिततालाई ध्यान दिँदै बोर्डले काम गरिरहेको जानकारी दिए । उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको बताए ।
कोभिडले गर्दा पहिलेजस्तो अवस्था नभए पनि पुनरुत्थानका कार्यक्रमका साथ अघि बढ्नुको विकल्प नभएको बताउँदै डा. रेग्मीले भने, “अवस्था सहज नभएको तर कोभिडको दोस्रो चरणको संक्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था छ ।”
बोर्डले कोभिड महामारीको परिवेशमा पनि के–कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाई नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवद्र्धनात्मक कार्यहरू सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्