नेपाली पर्यटन : मासिक १० अर्ब घाटा «

नेपाली पर्यटन : मासिक १० अर्ब घाटा

नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको नेपालमा औसत बसाइ प्रतिव्यक्ति बढीमा १३ दिनसम्म रहेको देखिन्छ । तर, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको औसत प्रतिव्यक्ति प्रतिदिन खर्चगराइ भने साह्रै कम छ । सबैभन्दा धेरै सन् २०१५ मा प्रतिव्यक्ति प्रतिदिन ७० अमेरिकी डलर हाराहारी खर्च गरेको तथ्यांक छ । अन्यथा प्रतिव्यक्ति, प्रतिदिन ३९ अमेरिकी डलर, ४१ अमेरिकी डलर, ४३ अमेरिकी डलर, ४५ अमेरिकी डलर, ४६ अमेरिकी डलर, ४९ अमेरिकी डलर, ५१ अमेरिकी डलर हुँदै ५५ अमेरिकी डलरभन्दा माथि जान सकेको छैन । यसरी हेर्दा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि प्रतिव्यक्ति प्रतिदिन ठीकै रहेको मान्न सकिए तापनि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको औसत प्रतिव्यक्ति प्रतिदिन खर्चगराइ भने साह्रै कम (सबैभन्दा धेरै सन् २०१५ मा प्रतिव्यक्ति प्रतिदिन ७० अमेरिकी डलर हाराहारी पुगेको बाहेक) रहेको छ, जुन तथ्यांक उत्साहजनक हुँदै होइन ।
नेपालकै अर्थतन्त्रमा एक महŒवपूर्ण योगदान दिँदै आएको उद्योग–व्यवसायको रूपमा रहेको पर्यटन क्षेत्र वा भनौं पर्यटन उद्योगमा कोभिड–१९ को महामारीका कारण लकडाउन, निषेधाज्ञा र विश्वव्यापी कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा दैनिक १० अर्ब नेपाली रुपैयाँबराबरको क्षति भइरहेको छ । नागरिक दैनिकले केही दिनअघि प्रकाशित गरेको एक फिचरअनुसार नेपालमा पर्यटन क्षेत्रका विविध पक्षहरू जस्तै होटल सेवा, रेस्टुरेन्ट, क्युरियो पसल, हवाई सेवा, टुरिस्ट बस सर्भिस, ट्रेकिङ, -याफ्टिङ आदिमा हरेक महिना १० अर्बभन्दा धेरैको घाटा भइरहेको छ । सो तथ्यांक निषेधाज्ञा र लकडाउनदेखिको आधारमा नेपाल पर्यटन बोर्ड (एनटीबी) ले गरेको अध्ययन प्रतिवेदनलाई आधार मानेर नागरिक दैनिकले प्रकाशित गरेको हो ।
त्यस्तै विगतमा नेपालको समग्र अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन अर्थात् ‘ग्रोस डोमेस्टिक प्रडक्ट’ (जीडीपी) मा ४.३ प्रतिशतदेखि २.७ प्रतिशतसम्म योगदान दिँदै आएको थियो । तर, पर्यटन क्षेत्रले सन् २०२० मा भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशतको योगदान पनि दिन सकेन । त्यसो त नेपालको पर्यटन क्षेत्रको कुरा गर्दा सन् २०१९ मा नेपालमा ११ लाख ९७ हजार चानचुन विदेशी पर्यटक आएका थिए भने सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने नेपाल सरकारको महŒवाकांक्षी योजना थियो । सो कार्यका लागि नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष–२०२० का रूपमा मनाउने योजना बनाएको थियो । तर, त्यही सेरोफेरोमा (सन् २०१९ को डिसेम्बर अन्तिम ताका) चीनको हुपेई प्रान्तको राजधानी वुहानबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरसले केही महिनामै विश्वव्यापी रूपमा महामारीकै रूपमा पैmलियो, जुन नयाँ भाइरस हो, त्यसको नयाँ नाम ‘कोभिड–१९’ भनी राखे, वैज्ञानिक तथा भाइरल रोग विज्ञहहरूले । तर, पर्वतारोहणले केही भरथेग गरेको छ, यो वर्षको पर्यटन आम्दानीमा ।
जस्तो यो वर्षको वसन्तयाममा समग्र पर्वतारोहण क्षेत्रबाट सरकारले गरेको आम्दानी (पर्वतारोहीहरूलाई हिमाल आरोहण गर्न दिने अनुमतिपत्र जारी गरेबापत लिने रोयल्टी मात्रै) ७२ करोड नेपाली रुपैयाँ चानचुन छ, सोमध्ये ६६ करोड ७१ लाख रुपैयाँ त सगरमाथा एउटै हिमालबाट कमाइ भएको छ । यसरी हेर्दा नेपालमा यो वर्षको वसन्तयाममा नेपालका विभिन्न २० वटा हिमाल आरोहणका लागि विभिन्न देशका ८५ वटा आरोहण दलका ७ सय ४२ जना सदस्यहरू हिमाल आरोहणका लागि नेपाल सरकारबाट परमिट अर्थात् अनुमतिपत्र लिएका थिए । तर दुःखको कुरो, जतिबेला पर्वतारोहीहरू नेपालको विभिन्न हिमाल आरोहणका लागि जाँदै थिए, त्यो बेला नेपालका सहरबजार (काठमाडौंलगायत) मा कोरोना कहरको दोस्रो लहर चलिरहेको थियो । अहिले दोस्रो लहर चलेर पनि मत्थर होला कि भन्ने अवस्थामा छौं हामी । तापनि हाम्रो देशमा दैनिक दुई अंकको मृत्युदर र चार अंकको बिरामी हुने क्रम जारी नै रहेको छ । भाइरल रोग विज्ञहरूका अनुसार यो भनेको नेपालजस्तो मध्यम वा निम्नमध्यम तहको जनसंख्या भएको देशका लागि अभैm पनि खतराकै अवस्था हो ।

प्रतिक्रिया दिनुहोस्