Logo

गत २४ घण्टामा ४८ हजार ७ सय ८६ नँया संक्रमित विरामी थपिए

भारतद्वारा ३३ करोड भन्दा बढी नागरिकलाई कोविड १९ खोप प्रदान

बुधवार सम्ममा भारतमा ३३ करोड ५७ लाख भन्दा बढी नागरिकलाई खोप प्रदान गरिएको छ। बिहिबार बिहान ७ बजेसम्म को अस्थायी रिपोर्ट अनुसार ४४ लाख ७५ हजार ७ सय ९१ सत्र मार्फत ३३ करोड ५७ लाख १६ हजार १९ खोप खुराक प्रदान गरिएको छ।

गत २४ घण्टामा मात्रै २७ लाख ६० हजार ३ सय ४५ खोप खुराक प्रदान गरिएको छ।

देशव्यापी खोप अभियान को नँया चरण यही जूनको २१ तारिख बाट सुरु गरिएको थियो।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय का अनुसार “केन्द्र सरकार देशव्यापी रूपमा खोप उपलब्ध गराउन हर सम्भव प्रयास गरिरहेको छ।”

गत २४ घण्टामा ४८ हजार ७ सय ८६ नँया संक्रमित विरामी थपिएका छन्। लगातार चार दिन भारतमा ५० हजार भन्दा कम नयाँ संक्रमित विरामी देखिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार “यो सबै केन्द्र सरकार, राज्य र केन्द्र शासित प्रदेश को संयुक्त प्रयासको नतिजा हो।”

देशको सक्रिय संक्रमित संख्या पनि घट्दै गएको छ।‌‌‌‌‌हाल देशको सक्रिय संक्रमित संख्या ५ लाख २३ हजार २ सय ५७ रहेको छ।

गत २४ घण्टामा १३ हजार ८ सय ७ को गिरावट आएर सक्रीय संक्रमित संख्या देशको कुल सकारात्मक संख्या को १.७२ प्रतिशत पुगेको छ।
लगातार ४९ दिन भारतमा दैनिक नँया संक्रमित विरामी भन्दा दैनिक निको हुने को संख्या बढी देखिएको छ। गत २४ घण्टामा ६१ हजार ५ सय ८८ जना निको भएका छन्।

गत २४ घण्टामा दैनिक नयाँ संक्रमित संख्या भन्दा दैनिक निको हुने को संख्या १२ हजार ८ सय २ ले बढी देखिएको छ।

हालसम्म देशमा २ करोड ९४ लाख ८८ हजार ९ सय १८ जना निको भइसकेका छन्। यसका साथै देशको कुल संक्रमण मुक्त दर ९६.९७ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा १९ लाख २१ हजार ४ सय ५० नमुना परीक्षण गरिएको छ। यसका साथै हालसम्म देशमा ४१ करोड २० लाख २१ हजार ४ सय ९४ नमुना परीक्षण भइसकेको छ।

त्यस्तै साप्ताहिक सकारात्मकता दर पनि घट्दै गएको छ। साप्ताहिक सकारात्मकता दर हाल २.६४ प्रतिशत रहेको छ भने दैनिक सकारात्मक दर २.५४ प्रतिशत पुगेको छ। लगातार २४ दिन सो दर ५ प्रतिशत भन्दा कम मा कायम रहँदै आएको छ।

स्रोत : इन्डिया न्युज नेटवर्क

प्रतिक्रिया दिनुहोस्