कुमारी बैंकका कार्ड होल्डरलाई आँखा उपचारमा छुट «

कुमारी बैंकका कार्ड होल्डरलाई आँखा उपचारमा छुट

कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी उपचार गर्दै आएको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिनेबारे सम्झौता भएको छ ।


उपचार छुटसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र दृष्टि दी भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले हस्ताक्षर गरेका छन् । उक्त केन्द्रमा आँखा सम्वन्धी उपचार गर्दा बैंकका कार्डबाहकलाई सहुलियत प्रदान हुने बैंकले जनाएको छ ।
सम्झौताअनुसार बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकका देशभर १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाई तथा १३ एक्सटेनसन काउन्टर सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्