Logo

‘प्रि–मनसुन’ सक्रिय हुँदा सुनसरीमा रोपाइँको चटारो

सुनसरीका किसान असारमा बेफुर्सदिला छन् । खेतमा रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । ‘प्रि–मनसुन’ सक्रिय हुँदा रोपाइँ छिटो सुरू भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

दैनिकजसो वर्षा हुन थालेपछि रोपाइँ सहज भएको किसान बताउँछन् ।
सुनसरीमा ५५ हजार हेक्टर धान खेती योग्य जमिनमा अहिलेसम्म ७हजार १ सय ५० हेक्टरमा धान रोपाइँ भएको छ । सुनसरीमा अहिलेसम्म १३ प्रतिशत रोपाई सम्पन्न भएको कृषि ज्ञान केन्द्र सुनसरीका बाली विकास अधिकृत योगेन्द्र यादवले कारोबारलाई जानकारी दिए ।


असारको मध्यसम्म आइपुग्दा मोरङमा १२ प्रतिशत रोपाइ सम्पन्न हुँदा सुनसरी १३ प्रतिशत भएको हो । जेठको अन्तिम सातादेखि धान रोप्न सुरु हुने सुनसरीमा यही अनुपातमा धान रोपाइँ हुने हो भने असारमै धेरै रोपाइँ सम्पन्न हुनेछ ।
सुनसरी जिल्लामा गत वर्ष ५५ हजार हेक्टर मध्ये ५३ हजार ३ सय ५० हेक्टरमा धान खेती भएको थियो । ४.१० मेट्रिक टन प्रतिहेक्टरका दरले २ लाख १८ हजार ४ सय १५ मेट्रिक टन धानउत्पादन भएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । असार अन्तिममा मात्र रोपाइँको वास्तविक तथ्यांक आउने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्