प्रदेश सरकारको ध्यान गेमचेन्जर योजनामा केन्द्रित छ : मन्त्री शाह «

प्रदेश सरकारको ध्यान गेमचेन्जर योजनामा केन्द्रित छ : मन्त्री शाह


सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारको ध्यान गेमचेन्जर योजनाहरुमा केन्द्रित भएको बताएका छन् ।


आर्थिक पत्रकार समाजले बुधबार जुममा सुदूरपश्चिमका पत्रकारहरुका लागि आयोजना गरेको आर्थिक पत्रकारिता तालिममा मन्तव्य व्यक्त गर्दै मन्त्री शाहले प्रदेश सरकारले ठूला आयोजनाहरु बनाउन नीति र कानुनहरु तर्जुमा गरिरहेको बताएका हुन् । उनले आगामी आर्थिक वर्षका लागि बहुवर्षीय योजनाहरुलाई प्राथमिकता दिएर पूर्वाधार विकासका बजेट विनियोजन गरिएको बताए ।


पहिलो प्राथमिकता कोरोना नियन्त्रणलाई दिएर त्यसमा एक अर्ब विनियोजन गरिएको बताउँदै उनले दोस्रो प्राथमिकता कृषि विकास लिएर दिएर सो क्षेत्रमा दोस्रो ठूलो बजेट विनियोजन गरेको बताए । “नो एक्सपेन्डिचर विडआउट प्रिजेन्टेशनको नीति लिएका छौं,” उनले भने, “अब आयोजनाले के परिणाम दियो भन्ने कुराको पनि अध्ययन हुने गरी तेस्रो पक्षबाट पुष्टि हुने गरी अनुगमन हुन्छ । हामीले मुख्यमन्त्रीको संयोजकत्वमा रहेको अनुगमन समिति र आर्थिक मामिला मन्त्रीको संयोजकत्वमा रहेको बजेट कार्यान्वयन समितिलाई साउन १ गतेदेखि क्रियाशील बनाउछौं ।”


मन्त्री शाहले वित्तीय सुशासन कायम गर्नमा समेत प्रदेश सरकारले ध्यान पु¥याएको बताए । उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन, उद्योगलाई समेत प्राथमिकता दिएको बताए ।
तालिममा अर्थतन्त्र र वित्तीय संघीयता, बैंक÷वित्त, सेयर र बिमा, पूर्वाधार, लगानी ढाँचा र सार्वजनिक खरिद, उद्योग, वाणिज्य, निजी लगानी र उपभोक्ता संरक्षण तथा आर्थिक पत्रकारिता र आचार संहिताको विषमा प्रशिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्