इन्धनको मूल्य बढ्यो «

इन्धनको मूल्य बढ्यो

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल तथा मटीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार, अब पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल तथा मटीतेलको मूल्य ११० रुपैयाँ पुगेको छ । निगमले आन्तरिक उडानको हवाई इन्धनको मूल्य पनि २ रुपैयाँले वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडानको इन्धनमा भने प्रति किलोलिटर २० डलरले वृद्धि गरेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ८२ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय उडानको इन्धनको मूल्य ७३५ डलर पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्