सेयर बजारमा ७१ अंकको गिरावट «

सेयर बजारमा ७१ अंकको गिरावट

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेसँगै घट्न थालेको सेयर बजारमा सोमबार पनि ७१ अंकको गिरावट आएको छ । यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ७१.६ अंकले घटेर २८३४.४० अंकमा झरेको छ ।
धितोपत्र बोर्डको सार्वजनिक विज्ञप्तियता बजारमा नेप्से ११५ अंकले घटिसकेको छ । आइतबार पनि ६३ अंकले गिरावट आएको थियो । बोर्डको विज्ञप्तिका कारण लगानीकर्ता आत्तिएर सेयर बेच्न थालेपछि बजार घट्न थालेको हो ।
सोमबार २२७ कम्पनीका २ करोड २५ लाख कित्ता सेयर किनबेच भई ११ अर्ब ६१ करोड बराबरको कारोबार भएको छ । आइतबार २३१ कम्पनीका २ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेसँगै सोमबार समूहगत परिसूचकहरू पनि ओरालो लागेका छन् । यसदिन बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा टुरिजम १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, फाइनान्स १२०.२२ अंकले घटेका छन् । यसैगरी निर्जीवन बिमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बिमा ४५१.१८, म्युचुअल फण्ड ०.२१ र लगानी समूह ०.५२ अंकले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्