इरानमाथिको नाकाबन्दी राहत विस्तार गरिने «

इरानमाथिको नाकाबन्दी राहत विस्तार गरिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता इरानमाथिको आर्थिक नाकाबन्दीमा दिइएको छुटको समयलाई विस्तार गर्ने भएका छन् । अमेरिकी प्रशासनसँग परिचित व्यक्तिहरूका आधारमा यस्तो बताइएको हो ।
ट्रम्पले शुक्रबारसम्म नाकाबन्दी राहतको अवस्थालाई विस्तार गर्ने विषयमा निर्णय लिइसक्नुपर्नेछ, अन्यथा यसले परमाणु सम्झौताको उल्लंघन गर्नेछ ।
केही समयअघि अमेरिकालगायत विश्वका ६ शक्ति राष्ट्रसँग इरानले गरेको परमाणु सम्झौताका आधारमा इरानमाथि लगाइँदै आएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाइएको थियो ।
ट्रम्प प्रशासनले इरानमाथिको नाकाबन्दीको राहतलाई विस्तार गर्ने सम्बन्धमा आएको यो जानकारी परिचय नखुलाउने सर्तमा ६ जना व्यक्तिले बताएका हुन् ।
आफूलाई यो विषयमा बोल्ने अधिकार नभएकाले उनीहरूले आफ्नो परिचय गोप्य राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्