जुम्लामा पर्वतीय विज्ञान विश्वविद्यालय बन्ने «

जुम्लामा पर्वतीय विज्ञान विश्वविद्यालय बन्ने


जुम्लामा दोस्रो राष्ट्यि गौरवको आयोजनाका रूपमा विश्वविद्यालय निर्माण हुने भएको छ । ३ सय शैयाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि दोस्रो ठूलो आयोजनाका रूपमा जुम्लामै पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण हुने भएको हो ।
कर्णालीका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीको पहल तथा कर्णाली प्रदेश सरकारको लगानीमा जुम्लामै विज्ञान प्रविधि तथा पर्वतीय विश्वविद्यालय निर्माण हुनेगरी प्रक्रिया अघि बढेको छ । जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय हुनेगरी कर्णालीको संसद सचिवालयमा गत कात्तिक २२ गते विधेयक दर्ता भई संसद्मा टेवुल भएको पूर्वमन्त्री नरेश भण्डारीले बताए । गतसाता गृह जिल्ला आएका पूर्वमन्त्री भण्डारीले भने, “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्तै गौरवको आयोजना पर्वतीय विश्वविद्यालय जुम्लामै बन्न लागेको हो । स्वास्थ्यपछि शैक्षिक हबको रूपमा विश्वविद्यालयले जुम्लालाई चिनाउने छ ।”
पूर्वमन्त्री भण्डारीले जसरी स्वास्थ्य संकटमा कर्णाली प्रतिष्ठानले राज्यलाई ठूलो सहयोग गरिरहेको छ । त्यसैगरी पर्वतीय विश्वविद्यालयले कर्णालीमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने बताए । विश्वविद्यालय स्थापनाको विधेयक सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा टेबुल भइसकेको र सांसदहरूले केही पक्ष संशोधनको प्रस्ताव रोखेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय जुम्लामै हुने मन्त्री भण्डारीको दाबी छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णालीमा स्वास्थ्यमा क्रान्ति ल्याएको छ । त्यसैगरी नै पर्वतीय विश्वविद्यालय स्थापनापछि कर्णालीको उच्चस्तरीय शैक्षिक क्रान्ति अगाडि बढनेसमेत अपेक्षा गरिएको छ । अन्य विद्यालयभन्दा पर्वतीय विश्वविद्यालय खोज अनुसन्धानमासंँगै प्राज्ञिक उन्नयनका लागि जोड दिने जुम्ला बहमुखी क्याम्पस जुम्लाका उपप्रधाध्यापक प्रकाशचन्द खत्रीले बताए । उनले भने, “जल, जमिन, जटिबुटी, कृषिको प्रचुर सम्भावना रहेको नेपालमा अहिलेसम्म अनुसन्धनात्मक काम अन्य विश्वविद्यालयले गरेका छैनन् । जुम्लामा बन्ने पर्वतीय विश्वविद्यालय नेपालकै पहिलो हो । यसले नेपालको अध्ययन र अनुसन्धानमा टेवा पु¥याउने छ ।”
उनका अनुसार हाल नेपालमा १० वटा विश्वविद्यालय रहेका छन् भने, जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनापछि नेपालमा विश्वविद्यालयको संख्या ११ पुग्ने छ । जुम्लामा स्थापना हुने विश्व विद्यालयले अध्ययनसंँगै अनुसन्धानमा विशेष जोदिनुपर्ने उनको सुझाव छ ।

उच्च शिक्षा अध्यापनसँंगै अनुसन्धान केन्द्र
पर्वतीय विश्वविद्यालय स्थापनापछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडिबुटी, ऊर्जा, पर्यटनको अनुसन्धान केन्द्रका रूपमा समेत विकास गरिने भएको छ । स्वास्थ्य शिक्षाबाट वञ्चित कर्णालीका छोराछोरीले अब जुम्लामै हरेक विषयको अध्ययन अनुसन्धान गर्नेछन् । आगामी आवको बजेट अधिवेशनसँंगै कर्णाली प्रदेश सभामा विज्ञान प्रविधि विश्वविद्यालय दर्ता विधेयक २०७६ माथि छलफल हुने सांसद पदम रोकायाले बताए ।
२०६८ सालमा स्थापना भएको देशकै गौरवको स्वास्थ्य संस्था कर्णाली प्रतिष्ठानको विधेयक पनि तत्कालीन सांसद तथा हाल कर्णालीका पूर्वप्रदेश गृहमन्त्री नरेश भण्डारीले २०६४ सालको चुनावपछि संघीय संसद्मा टेबुल गरेका थिए । कर्णाली प्रदेशको राजधानीपछिको ठूलो सहर जुम्लामा एकपछि अर्को गर्दै स्वास्थ्य शिक्षाका पूर्वाधार निर्माण हुन थालेका छन् । कर्णाली प्रतिष्ठानलगायत अन्य भौतिक संरचना निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्