स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यसम्बन्धी वेबिनार हुने «

स्वास्थ्यकर्मीका लागि मानसिक स्वास्थ्यसम्बन्धी वेबिनार हुने

ह्याप्पी माइन्ड्स नामक संस्थाले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुका लागि मानसिक स्वास्थ्यसम्बन्धी वेबिनार आयोजना गर्न लागेको छ । बिहीबार बेलुका ६ बजेदेखि झन्डै एक घण्टा भर्चुअल मध्यमबाट आयोजना गरिने संस्थाले जनाएको छ । अनलाइन बजार दराज नेपालसँगको सहकार्यमा उक्त वेबिनार आयोजना गर्न लागिएको हो ।
महामारीमा अग्रमोर्चामा खटेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुले तनाव, विषादलगायत अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरु व्यहोरिरहेको विभिन्न अध्ययनहरुले देखाएको जानकारी प्राप्त गरी विज्ञहरुद्वारा परामर्श दिने उद्देश्यले वेबिनार आयोजना गर्न लागिएको संस्थाकी प्रमुख कार्यकारी श्रीया गिरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्