Logo

सेयर बजारमा ४५ अंकको गिरावट


केही समययता रेकर्ड कायम गरिरहेको सेयर बजारमा सोमबार भने उच्च गिरावट आएको छ । नेपाल स्टक एक्सचेज (नेप्से) ४५.२५ अंकले घटेर २७८२.६८ अंकमा अडिएको छ ।
निषेधाज्ञाका कारण आर्थिक गतिविधि ठप्प हुँदा सेयर बजारमा लगानी बढेका कारण बजार लगातार उकालो लागिरहेको थियो । स–साना राजनीतिक घटना र सरकारका नीतिहरुका कारण उतारचढाव देखिने सेयर बजारमा पछिल्ला समयका संसद् विघटन, मौद्रिक नीतिको समीक्षा, राष्ट्र बैंकको निर्देशन र बजेटले समेत सकारात्मक असर देखिएको थियो ।
साताको दोस्रो दिन सोमबार भने नेप्सेसँगै सबै समूहगत परिसूचकहरुमा गिरावट आएको छ । यसदिन बैंकिङ १९.०२, व्यापार १६८.०९, होटल तथा पर्यटन ०.८१, विकास बैंक ५६.९७, जलविद्युत १२९.९३, फाइनान्स समूह १२.८१ अंकले घटेका छन् ।
यसैगरी निर्जीवन बिमा ३८०.८८, उत्पादन १०३.२१, अन्य ५२.५३, लघुवित्त ९.९९, जीवन बिमा ३५६.९ र लगानी ०.९८ अंकले ओरालो लागे । सामूहिक लगानी कोष समूह मात्र ०.०४ अकले वृद्धि भएको छ ।
आइतबारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । यसदिन २१८ कम्पनीका ३ करोड ८ लाख कित्ता सेयर किनबचेबाट १३ अर्व ९० करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्