१५ सय ६४ को निःशुल्क स्वास्थ्य जाँच

सुनकोसी गाउँपालिका–१ सिन्धुपाल्चोक (ठोकर्पा)मा करिब १ हजार ६ सय जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । कम्युनिटी एक्सन नेपाल र ज्याभी इन नेपालको संयोजकत्वमा नेपाल मेडिकल कलेज (जोरपाटी) र आँखा अस्पताल त्रिपुरेश्वरका विशेषज्ञ चिकित्सकको टोलीले सिन्धुपाल्चोकको साविक ठोकर्पा गाविसका १ हजार ५ सय ६४ स्थानीयको निशुल्क स्वास्थ्य जाँच गरेको हो ।
मंसिर २५ देखि २७ गतेसम्म बागभैरव माध्यमिक विद्यालय परिसरमा शल्यक्रिया सहित ‘निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर’ सञ्चालन गरिएको ज्याभी नेपालका सचिव सरोज तिमल्सिनाले बताए । वरिष्ठ फिजिसियन डा. किरण मानन्धर, बाल रोग विशेशज्ञ डा. केपी देवकोटा, सर्जन प्राडा मनोहरलाल श्रेष्ठलगायत वरिष्ठ चिकित्सकहरु सहभागी थिए ।
शिविरमा वरिष्ठ फिजिसियन डा. किरण नकर्मी, बाल रोग विशेशज्ञ डा. केपी देवकोटा, सर्जन प्राडा मनोहरलाल श्रेष्ठलगायत वरिष्ठ चिकित्सकहरु सहभागी थिए । मेडिकल शिविरमा स्वास्थ्यजाँच गराउन आएका ३५ जनालाई थप उपचारका लागि नेपाल मेडिल कलेज र आँखा अस्पताल रिफर गरिएको र उनीहरुका लागि ५० प्रतिशत सहुलियत प्रदान गरिने छ । २ दिने स्वास्थ्य शिविरमा जनरल मेडिसन ६ सय १, भिडियो एक्सरे २ सय ७८, पाठेघर क्यान्सर परीक्षण ३ सय ४० सुगर ४९, स्त्री÷प्रसुती सेवा २ सय ९२, बालरोग २ सय ६४, माइनर सर्जरी ओपीडी २ सय ३३, सर्जरी ३७ जना, दन्तरोग १ सय ५८, आँखा रोग ५ सय ६० जना विरामीले निःशुल्क उपचार सेवा लिएका थिए । त्यसक्रममा ३० जनाले मोतीविन्दुको अपरेसन गरेका थिए । ३५ जना बिरामीलाई मेडिकल कलेज र आँखा अस्पतालमा रिफर गरिएको छ ।