Logo

संक्रमण फैलनुमा लापरवाही र पीसीआर परीक्षणको दायरा कम

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीले आक्रान्त बनाइरहेको अवस्थामा हाम्रो मुलुकमा झन् यसको डरलाग्दो रूप दोस्रो भेरियन्ट कोरोना दिनानुदिन अत्यधिक रूपमा फैलिँदै गइरहेको छ भने केही हप्ताअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो कोराना म्युटेन्ड पनि मुलुकमा फेला परेको जानकारी पनि दिएको छ । योसँगै संक्रमण तीव्र रूपमा बढिरहेको छ भने मृत्युदर पनि स-÷दुई सयको हाराहारीमा भइरहेको अवस्था छ र रिकभर भएर घर जाने मानिसहरूको संख्या पनि सात–आठ हजारको हाराहारीमा हुन्छ । तर, किन संक्रमणको ड्राफ्ट भने ओरालो नलागेको त ? कि पीसीआर परीक्षणको दायरा कम भएको ? कि मानिसहरूले साधारण रोग लाग्दा पनि पीसीआर परीक्षण नै नगराएका हुन् त ?
वैशाख १६ गतेदेखि मुलुक निषेधाज्ञा भएर आज करिब–करिब एक महिना हुँदा पनि संक्रमण दरमा कमी आउनुपर्ने ठाउँमा झन्–झन् बढी हुँदै गइरहेको ड्राफ्टले बताउँछ । अहिले यो कोरानाको दोस्रो भेरियन्ट निकै खतरा भएको हुनाले दीर्घरोगी या कोरोना पोजिटिभ भएर हेलचेत्र्mयाइँ गरी घरमा नै आइसोलेसनमा बसेका मानिसहरूलाई छिट्टै भेन्टिलेटर वा आईसीयूमा नपु¥याए मृत्युसमेत हुने देखिन्छ । कोरोना अत्यधिक मात्रामा फैलनुमा पनि मानिसहरूको अत्यधिक हेलचेक्र्याइँ देखिन्छ । घर बस्दा पनि परिवारमा बिनामाक्स बस्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भौतिक दूरी कायम नगर्ने तथा अनावश्यक रूपमा घरबाट बाहिर जाने गर्दा पनि संक्रमण अत्यधिक मात्रामा फैलँदै गइरहेको अवस्था छ । कोरोना अत्यधिक मात्रामा फैलनुमा पनि मानिसहरूको ससानो लापरवाही नै देखिन्छ, किनभने कुनै पनि श्वास–प्रश्वाससम्बन्धी रोग लाग्यो भने मानिसहरू मेडिकलमा गएर औषधि सेवन गर्ने वा घरमा नै उपचार विधि अपनाएर बस्ने हुन्छन् । जब रोगले सिकिस्त बनाउँछ अनि मानिसहरू अस्पताल जाने हुन्छन् र बाँच्ने आशा पनि निकै कम हुन्छ । त्यसैले मानिसहरूले लक्षण देखा पर्नेबित्तिकै पीसीआर परीक्षण गराउनु जरुरी देखिन्छ । यसरी परीक्षण गराउँदा रिपोर्टमा पोजेटिभ देखिए तत्काल छुट्टै आइसोलेसनमा बसी नियमित औषधिको सेवन गर्नुपर्छ र कुनै गम्भीर रोग देखिएमा तत्काल चिकित्सककहाँ गएर जँचाउनुपर्छ । आफू पोजेटिभ भएँ भनेर आफूले आफैंलाई कमजोरी बनाउनु हुँदैन । यसका लागि आफ्नो मनोबललाई उच्च राख्ने गतिविधि गर्नुपर्छ ।
योगा गर्ने, कोठाभित्र व्यायाम गर्ने, विभिन्न ज्ञानवद्र्धक पुस्तकहरू पढ्ने, मनोरञ्जनात्मक फिलिमहरू हेर्नेलगायत गर्न सकिन्छ । यो रोगको नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय निकायले पनि एक घरबराबर एक पीसीआर टेस्ट गराउनु जरुरी देखिन्छ । यसरी पीसीआरको दायरालाई बढाउन सके मानिसहरू अझ सचेत हुने देखिन्छन् र कोरोना पोजेटिभ भए पनि सकभर चाँडै रिकभर हुन आउँछ । तर, धेरै निम्न आय वर्ग भएका मानिसहरू, जो आज खाए भोलि के खाने भन्ने छन्, उनीहरूसँग पीसीआर परीक्षण गर्ने सामथ्र्य पनि नहुन सक्छ । यस्तो अवस्थामा मानिसहरूको पहिचान गरी तत्काल लक्षण देखिएका मानिसहरूको निःशुल्क पीसीआर परीक्षण गराउनुपर्छ । ससानो लापरवाहीले गर्दा पनि धेरैभन्दा धेरै संक्रमण सामुदायिक स्तरमा पुगेको देखिन्छ ।
अब यो महामारी नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय निकायले चाँडोभन्दा चाँडो खोपको व्यवस्था गरी खोप लगाउन सुरु गराउनुपर्छ । यो महामारी नियन्त्रण गर्न सरकार तथा स्थानीय निकायले गरेको निषेधाज्ञाको समयमा बढीभन्दा बढी कोरोनाको जोखिम भएको ठाउँमा निःशुल्क पीसीआर परीक्षणको दायरालाई बढाउँदै लानुपर्छ । आममानिसहरूले पनि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा स्थानीय निकायले जारी गरेको सूचनालाई गम्भीर रूपमा पालना गर्नु अति जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्