Logo

सिद्धार्थनगरको आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्टट्रेटर मेसिन

सिद्धार्थनगर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरको प्रयोजनका लागि रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ सिद्धार्थनगर लुम्बिनीको समन्वयमा थप ३ थान अक्सिजन कन्सनट्रेटर मेसिनलगायत बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
दुबै क्लबले मेसिनका साथमा पीपीई सेट ४०, अक्सिजन सिलिण्डर रेगुलेटर २ थान, अक्सिमिटर ३ थान, कन्सनट्रेटर मेसिनको स्टेबलाइजर, ८ थान अक्सिजन सिलिण्डर, सहितका सामग्री सिद्धार्थनगर नगर पालिकाका प्रमुख कार्यकारी अधिकृत तुलसीराम मरासिनीलाई रोटरी क्लब अफ भैरहवाका सस्थापक अध्यक्ष तथा आरआइ डिस्ट्रिक ३२९२ नेपाल–भुटानका असिसटेन्ट गभर्नर राजकुमार गुप्ता साथै रोटरी सिद्धार्थनगर लुम्बिनीका पूर्वअध्यक्ष एवं असिसटेन्ट गभर्नर खिमबहादुर कार्कीले हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्री बुझ्दै सिद्धार्थनगरका प्रमुख कार्यकारी अधिकृत मरासिनीले संघ–संस्थाको सहयोगले आइसोलेसन सेन्टरमा मद्दत पुगेको बताए । सो क्रममा रोटरी भैरहवाका संस्थापक अध्यक्ष गुप्ताले आइसोलसन सेन्टरमा उपचारका लागि आउने बिरामी अक्सिजनबाट बन्चित हुन नपरोस भन्दै सामान प्रदान गरीएको र अन्य सहयोग पनि निरन्तर हुने बताए । ।
अक्सिजन कन्सन्ट्रेटर मेसिन लगायतका स्वास्थ्य सामग्रीका लागि दुबै क्लवले हिमालयन डिस्टिलरी प्रालिसंग सहकार्य गर्दै आएका छन् । क्लबले अघिल्लो साता पनि नगरपालिकालाई ३ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र डिसइन्फेक्सन केमिकल प्रदान गरेका थिए ।
सिद्धार्थनगर पालिकाले सिद्धार्थ बसपार्कमा २० शय्याकोे आइसोलेसन सेन्टर तयार गरे पनि अक्सिजनको अभाबमा १० शय्यामात्र सञ्चालनमा ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्