Logo

अमेरिका, चीन, स्पेन, र स्वीजरल्याण्डले पठाए सहयोग

स्वास्थ्य उपकरणमा विदेशी सहयोग


नेपालमा कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेपछि विभिन्न विकास साझेदार र मित्र राष्ट्रहरुले अत्यावश्यक स्वास्थ्य सामग्री धमाधम सहयोग गर्न थालेका छन् ।
कोभिड–१९ विरुद्ध लडिरहको नेपाललाई यही हप्ताभित्र संयुक्त राज्य अमेरिका, स्पेन, स्वीजरल्याण्ड र चीन सरकारले अर्बौ रूपैयाँ बराबरको स्वास्थ्य उपकरण र सुरक्षा सामग्री सहयोग गरेका छन् ।
अमेरिकी सरकारको युएसएआईडीले १०० युनिट भेन्टिलेटर, कोभिड परीक्षणमा आवश्यक पर्ने उपकरणहरू, अक्सिजन–सम्बन्धित सामग्री, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र अन्य चिकित्सा प्रयोगमा आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । यसैगरी १ हजार थान अक्सिजन सिलिन्डरसमेत सहयोग गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
यसैगरी स्वीटजरल्याण्ड सरकारले एन्टीजेन टेस्ट किट–११ लाख थान, अक्सिजन कन्सनट्रेटर १० थान, अक्सिजन नेजल क्यानुला– १ हजार थान, भेन्टिलेटर– ४० थान, केएन. ९५ मास्क १ लाख १० हजार थान, ग्लोव्स ५० हजार थान, पीपीई. १५ हजार थान, मास्क फर हमिल्टन आईटी १२० थान र सर्किट भल्ब फर हमिल्टन १४० थान सहयोग गरेको छ । नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई सो सहयोग हस्तान्तरण गरीसकेकी छिन् ।
यसैगरी चीन सरकार, प्रान्तीय सरकार र चीनमा रहेका अन्य संस्थाहरुले नेपाललाई कोरोना भाइरस विरूद्ध लड्न सहयोग पु¥याउन विभिन्न संक्रमण विरुद्ध लड्न मेडिकल उपकरण सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण बढदै गएपछि मित्रराष्ट्र चीनले सहयोग गरेको पहिलो चरण केही अत्यावाश्यक मेडिकल उपकरण अक्सिजन नेपाल आएका छन् । चीन सरकारले सहयोग गर्नेमध्ये हालसम्म २ हजार अक्सिजन सिलिन्डर र दश भेन्टिलेटर नेपाल आइसकेका छन् । चीन सरकारले एक चरणमा ३ हजार ५ सय अक्सिजन सिलिन्डर सहयोग गर्ने जनाएको मध्ये हालसम्म सो संख्यामा सिलिन्डर नेपाल आएका छन् । यसरी नै अन्य ४० प्रोटेबल भेन्टिलेटर, २० अटोमेटिक एनजाईजर, १० डीआर मेसिन, २० प्रोट्बल अल्ट्रसाउन्ड र २० एनेस्थिेसिया मेसिन सहयोग गरेको छ । यी उपकारणको मूल्य पचास लाख आरएमबि बराबरको सामान आउने तयारीमा रहेको छ । यसैगरी चीन सरकारले ५० लाख आरएमबि बराबरको ६५० अक्सिजन कन्सन्टेसन, २ हजार अक्सिजन नसल र २ हजार अक्सिजन फेस मास्क अर्को हप्ता पठाउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी सिचुवान प्रान्तले बुधबार ३ लाख सर्जिकल मास्क, १ लाख ६२ हजार मास्क, दश हजार स्वास्थ्य सुरक्षा उपकरण, ५ सय इयर थर्मोमिटर, पचास इन्फेड थर्मोमिटरसहित तीस लाख आरएमबि बराबरको सहयोग गरेको छ ।
यसबाहेक चीनको तिब्बत स्वायत्त क्षेत्र (टीएआर) ले .१५० लिक्वायर अक्सिजन सिलिन्डरको पहिलो समूहलाई ल्हासास्थित नेपाल वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको छ । यो ३० हजार लिटर बराबरको अक्सिजन सिलिन्डर तातोपानी नाकाबाट केही दिनपछि प्राप्त हुने छ । यसैगरी चीनको तिब्बत सरकारले थप मेडिकल उपकरण र सामग्री प्रदान गर्ने घोषणा गरिसकेको छ । जसमा २०० आईसीय बेड, ५ भेन्टिलेटर, १० अक्सिजन कन्सटेसन, ८ सय अक्सिजन सिलिन्डर र १५ एन्टिजेन किट्सको घोषणा गरेको छ । रेडक्रस सोसाइटी अफ चाइनाले नेपाल रेडक्रस सोसाइटी अक्सिजन कन्डेन्टर्स प्रदान गर्ने जनाएको छ । चीनको अन्य क्षेत्रबाट समेत सहयोग आउने जनाइएको छ ।
यसैगरी यही हप्ता स्पेन सरकारले रेपिड एन्टीजेन टेस्ट किट १ लाख २४ हजार ८ सय, अक्सिजन कन्सनटेसन १० थान, केएन मास्क १ लाख ४४ हजार थान, अक्सिजन सिलिन्डर ५० थान, भेन्टिलेटर १५ थान सहयोग गरेको छ । सो सहयोग स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र स्पेनिस सहयोग नियोगका निर्देशक म्याक मार्टिनेजसहितको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्