Logo

धादिङका सक्रिय संक्रमित १ हजार, संस्थागत आइसोलेसनमा ६६ जना

तस्वीर : कोभिड–१९ भएर आइसोलनमा रहेका पुरुषको स्वास्थ्य अवस्थाको जानकारी लिँदै धुनीबेंसी नगरपालिका उपप्रमुख निरु खरेल

कोभिड–१९ को दोस्रोे लहरबाट १ हजार १ सय ३५ जना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९ जना संक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६६ जना मात्र अस्पताल तथा संस्थागत आइसोलेनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
६६ जना आइसोलेसनमा रहेकामध्ये धादिङ अस्पतालको आइसोलेसनमा २५ जना, संस्थागतमा गजुरी गाउँपालिकाको आइसोलेसनमा १० जना, धुनीबेंसी नगरपालिकाको आइसोलेसनमा एक जना, बेनीघाट रोराङ गाउँपालिकाको आइसोलेसनमा ७ जना, रुवीभ्याली गाउँपालिकाको आइसोलेसनमा दुई जना र त्रिपुरासुन्दरी गाउँपालिको आइसोलेसनमा ३ जना गरी ४८ जना र जिल्ला बाहिर अस्पताल आइसोलेसनमा १८ जना रहेकाछन् । जिल्लाभित्र होम आइसोलेसनमा ६ सय ९४ जना र जिल्ला बाहिर होम आइसोलेसनमा २ सय ४९ जना रहेकाको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज धुनीबेंसी नगरपालिकामा सात जना, गल्छी गाउँपालिकामा २६ जना, बेनीघाट रोराङ गाउँपालिकामा ३ जना, त्रिपुरासुन्दरी गाँउपालिकामा १ जना, खनियावास गाउँपालिकामा १८ जना र सिद्धलेक गाउँपालिकामा एक गरी ७६ जना पोजेटिभ केस थपिएका छन् ।
यसैगरी जिल्ला बाहिर ४० जनामा पोजेटिभ केस थपिएको छ । आज नीलकण्ठ नगरपालिकामा १ सय २५ र धुनीबेंसी नगरपालिकामा १३ गरी १ सय ३८ स्वाब संकलन गरी परीक्षण गर्न पठाएको छ । दोस्रो लहरबाट नीलकण्ठ नगरपालिकाका ३ जना, सिद्धलेक गाउँपालिकाका एक जना, गजुरी गाउँपालिकाका दुई जना, बेनीघाट रोराङ गाउँपालिकाका एक जना र धुनीबेंसी नगरपालिकाका एक जना गरी ८ जनाको कोभिड–१९ पोजेटिभबाट मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्