बैंक अफ काठमाण्डूको थप नयाँ शाखा «

बैंक अफ काठमाण्डूको थप नयाँ शाखा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले मोरङको बिराटचोक तथा ललितपुरको इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । विराटचोक शाखा कार्यालय बुधबार बैंकका सञ्चालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईको उपस्थितमा उद्घाटन गरिएको विज्ञप्तिमा जनाइएको छ । त्यस्तैगरी इमाडोल शाखा कार्यालय पनि बुधबार बैंकका सञ्चालक संजयबहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्दकुमार न्यौपानेको उपस्थितमा गरिएको हो । दुवै शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७४-२०७५ को प्रथम त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप ६९ अर्ब १५ करोड परिचालन गरी कुल कर्जा ६२ अर्ब ३३ करोड प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखारहित बिन्दुहरुबाट आप्mनो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्