नर्वेको सी फुडको निर्यात कीर्तिमानी उच्च

नर्वेले गत वर्ष ९४.५ अर्ब नर्वेजियन क्रोनर अर्थात् ११.७ अर्ब डलर बराबरको २६ लाख टन सामुद्रिक खाना निर्यात गरेको नर्वेजियन सी फुड काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको तुलनामा मूल्यका आधारमा ३ प्रतिशत (३ अर्ब क्रोनर) अर्थात् आयतनका आधारमा ७ प्रतिशतले बढी भएको काउन्सिलले विज्ञप्तिमार्फत जनाएको छ ।
“२०१७ नर्वेको सामुद्रिक खानेकुरा निर्यातका लागि अर्को राम्रो वर्ष कायम भएको छ,” नर्वेजियन सी फुड काउन्सिलका प्रबन्ध निर्देशक रेनेट लार्सनलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ ।
“हामीले सीमापारका बजारहरू एसिया र अमेरिकामा मूल्य र आयतनका आधारमा कीर्तिमानी वृद्धि भएको पाएका छौं । यसैगरी युरोपेली संघका मुलुकमा भएको निर्यात २०१६ सँग अपरिवर्तनीय रह्यो,” उनले बताइन् ।
२०१७ मा नर्वेको सी फुडको निर्यातको कूल्य मूल्यमा ७२ प्रतिशत अन्य जलयुक्त खानेकुरा र २८ प्रतिशत माछाबाट भएको छ । आयतनका आधारमा ४० प्रतिशत वितरण अन्य जलयुक्त खानेकुरा र ६० प्रतिशत माछा मार्ने कामबाट भएको छ ।