Logo

महासंघद्वारा कोभिड–१९ सहायता केन्द्र स्थापना

नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ सहायता केन्द्र स्थापना गरेको छ । देशमा कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवनरक्षामा सहयोग पु¥याउने उद्देश्यले महासंघमा सहायता केन्द्रको स्थापना गरेको हो ।
महासंघका पदाधिकारी तथा विभिन्न अधिकारीबीच भएको बैठकबाट महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समन्वय गर्ने गरी सहयोग केन्द्र स्थापना भएको हो ।
कोभिड–१९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउनका लागि विभिन्न ६ वटा सहयोगका क्षत्र निर्धारण गरिएको महासंघले जनाएको छ । अक्सिजन सिलिण्डर व्यवस्थापनको गर्न रामचन्द्र संघई र सौरभ ज्योति, अस्पताल÷आइसोलेसन केन्द्र सहजीकरण गर्न हेमराज ढकाल र रविन श्रेष्ठ त्यस्तै अस्पताल व्यवस्थापनको लागि ई. देशबन्धु बस्नेत (अजित), बाबाकाजी कार्की र डा. केयुर गौतमलाई सम्पर्क गर्न सकिने महासंघले जनाएको छ ।
त्यस्तै एम्बुलेन्स÷आइसोलेसन केन्द्रका लागि रन्जितराज आचार्य, औषधि÷मेडिकल उपकरणको लागि प्रवलजंग पाण्डे र भक्त हमाल तथा होटल÷हवाई यातायातको क्षेत्रमा ज्योत्सना श्रेष्ठ, विनायक शाह र विनोद सापकोटालाई जिम्मेवारी तोकिएको महासंघले जनाएको छ ।
सहायता केन्द्रमा तोकिएको जिम्मेवारी अनुसार सदस्यहरूले महासंघका सदस्य, उद्यमी व्यवसायी एवं सर्वसाधारणको माग अनुसार सेवा प्रवाह गर्न सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायसँग पहल गर्नेछन् ।
एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत महासंघले यसअघि हेल्लो डाक्टर सञ्चालनमा ल्याई कोभिड संक्रमणमा परेकालाई डाक्टरहरूबाट स्वास्थ्य परमर्श दिने कार्यको सुरुवात गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्