Logo

नारायणी डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा घिमिरे

चितवन रत्ननगर स्थित केन्द्रीय कार्यालय रहेको नारायणी डेभलपमेण्ट बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा हृदय राज घिमिरे लाई नियुक्ति गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई नियुक्ति गरेको जनाएको छ । लमजुङ जिल्ला राइनास नगरपालिका–१ स्थित ठेगाना भएका घिमिरेले सानिमा बैंकबाट सन् २००५ मा करियर सुरू गरेर सिटी एक्सप्रेस फाइनन्स कम्पनीको सहायक महाप्रबन्धक हुँदै कसमस डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदसमेत सम्हालि सकेका छन् । घिमिरेको नियुक्तिसँगै बैंकले थप नयाँ उचाइ लिने बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्